भक्तपुरमा २३ वर्षीय युवको शव फेला



काठमाडौं ।

भक्तपुरको सूर्य विनायक नगरपालिका-१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ घर भई हाल काभ्रेपको बनेपा-१३ नयाँ बस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारतीको शव फेला परेको प्रहरीले जनाएको छ।

पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। समेत रहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्