प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणबारे सर्वदलीय बैठक बसेको छ । छिमेकी मुलुक चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो ।

आज (आइतबार) बिहानै सर्वदलीय बैठक बसेको हो । प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त बैठक बसेको हो ।

उनी यहीँ भदौ ३० गते उनी संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन् । त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालिका छ ।

चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका शीर्ष नेताहरूको उपस्थिति छ ।

प्रधानमन्त्रीहरूलाई नेताहरूले चीन भ्रमणको क्रममा चुच्चे नक्साबारे सघन छलफल गर्न समेत सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्