म्यानमारसँग खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यी टोली घोषणा गरेका हुन् । नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल म्यानमारको यांगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डो अन्तर्गत खेल्न लागिएको हो ।

नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गदैछ । प्रारम्भिक टोलीबाट अनिष देउला, विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, अन्जल महर्जन, विवेक पौडेल, सन्तोष कार्की, कुशल फुयाल, विशाल तामाङ र विमल घर्ती मगर बाहिरिएका छन् । त्यसैगरी गरी हिसुब थपलिया भने पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।

नेपाली टोली

गोलरकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, दिप कार्की
रक्षक : सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा, अन्जन राई,
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई,
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, , जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

प्रतिक्रिया दिनुहोस्