एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक तीन दिनदेखि लगातार जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बसेको छ । गत मंगलबारदेखि शुरू भएको उक्त समितिको बैठक आज (बिहीबार) पनि जारी छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । आज बाँकी सदस्यहरूले आ–आफनो धारणा राख्नेछन् ।

हिजोको बैठकमा ८१ जनाले आ–आफनो धारणा राखेको प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम नसकिएपछि बैठक आज पनि बसेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिने खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्