अपडेट- यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु



धादिङ । काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-२ छहरेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान १०ः३० बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको हो । नदीमा बस खसेपछि स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा उद्धार गरिरहेका छन् ।

८ जनाको उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ ।

उद्धारकार्य जारी रहेकोले थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्