कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक मान्दै नेकपा (एमाले) सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै छ ।

संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् ।

‘हाम्रो कानुनी लडाइँ र संसदभित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जाँदैछौं,’ उनले भने ।

यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भएपछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलोपटक मुख्यमन्त्री भएपछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।

पछि पुनः सभामुखलाई राजीनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदा सभाध्यक्षको मतसमेत जोडेपछि एमाले फेरि पनि सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्