मोटरसाइकल चोरीको सूचना जाने जीपीएस प्रविधि ‘लोकोमो’ नेपालमा सुरु

महिलाका लागि रात्रिकालीन यात्रा सुरक्षित 



काठमाडौं  । 

नेपाल प्रहरीलाई मोटरसाइकल चोरीको सूचना जाने जीपीएस प्रविधि ’लोकोमो’ नेपालमा सुरु भएको छ।

घर, अफिस, तथा सुरक्षित पार्किङ स्थलबाटै नेपालमा दैनिक ५ वटा सम्म दुई–पाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेका देखिएको छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षा लगायतका समस्याहरू जीपीएस प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने भएकाे छ ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुया¥उने उद्देश्यसहित जीपीएस  प्रविधि मा आधारित ’लोकोमो’ नेपालको बजारमा औपचारिक रूपमा प्रवेश भएको छ ।

लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने लोकोमो ब्रान्ड एम्बासडर तथा लोकप्रिय मिडियाकर्मी सुरज सिंह ठकुरी बताउँछन् ।

लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परेमा  लोकोमो मोबाइल एपबाट ’स्मार्ट लक’ भएपछि  चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन । कुनै अनधिकृत व्यक्तिले लगी हाले पनि मोबाइल फोन बाटै आफ्नो मोटर साइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधनको लोकेसन पत्ता लगाउन सकिने छ ।

लोकोमोले मोबाइलमा सूचना  पहिलिनै पठाई सकेको हुने हुनाले रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा, अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनीलाई सूचना पुग्छ  ।

उक्त  प्रविधिसँगै चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइल बाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्नेछन् । नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्र्याक गरी कुन रुटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले कुबेर कठायत बताएका छन्  ।

मोटरसाइकल धनी आफैँले चोरी भएको आफ्नो सवारीको लोकेसन प्रहरीलाई नदिँदा सम्म नेपाल प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने नसक्ने प्रविधि लागु गरिएको पनि लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेत बताए । चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पु¥याउनु प्रमुख उद्देश्य रहेको छ तर, नागरिकका व्यक्तिगत गोपनीयता झन् महत्त्वपूर्ण हुने भएकाले त्यस्ता कुराको हामीले ख्याल राखेका छौं बस्नेतले भने ।

महिला स्कुटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ’सेप्टी नेट’ रहेको छ, जसले रातीको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्थासमेत यस एपमा गरिएको छ ।

एन.आइ.सी एसिया बैङ्ककी अधिकृत स्कुटर चालक नबिना शर्मा लोकोमोले धेरै सजिलो गराएको अनुभव सुनाउछिन  । राती घर फर्किँदा अब ढुक्क छ । स्कुटर चलाउँदा फोन गर्न मिलेन, अफिस बाट निस्किने बेला मोबाइलमा सेफ्टीनेटको बटन दियो, बुवा आमा स्कुटरको लोकेसन हेर्दै छोरी कहाँ आइपुगी भन्दै कुरेर बस्नुहुन्छ, घर अगाडि पुग्दा ठ्याक्कै ढोका खोल्न आइ पुग्नुहुन्छ शर्मा बताउँछिन् ।

प्रहरीका अनुसार तेज गति, लेन अनुशासन, ट्राफिक नियमको उल्लङ्घन बढी मात्रामा दुई–पाङ्ग्रे सवारी साधनका चालकबाट हुने गरेको छ  ।

अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरिको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुने कम्पनीले दाबी गरेको छ ।

रात्रिकालीन यात्रा गर्दा मोटर साइकल अथवा स्कुटर बिग्रिएको अवस्थामा आफ्नो सबै भन्दा नजिकको वर्कसपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुईपांग्रे सवारी साधन धनीहरु अझै आकर्षित हुने साइन अटो होमका सञ्चालक विश्व श्रेष्ठ बताउँछन् । साथै समूह बनाएर मोटरसाइकलमा लामो यात्रामा निक्लिने युवा वर्ग लक्षित अर्को फिचर राइड क्रु’ ले गर्दा “अब घुम्न निस्किँदा बाटो मा को कहाँ पुग्यो भन्दै फर्की फर्की पछाडि हेर्ने नपर्ने“ श्रेष्ठ बताउँछन् । “लोकोमो मोबाइल एपमा समूह बनाए पछि निश्चित समयको लागि सबैको लोकेसन मोबाइलमै हेर्न मिल्ने र चिया नास्ता खाने, रोक्ने बस्ने ठाउँको चयन र व्यवस्थापन गर्न निकै सहज हुने उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटर साइकल, स्कूटर र चार पाङ्ग्रे सवारीमा जडान गर्न सकिने यसको प्रवर्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ । बालाजु स्थित साइन अटो होमले लोकोमो देशव्यापी बजार व्यवस्थापनको जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्