राजनीतिक दलबाट नेपाली सेनामाथि आक्रमण भयो : परराष्ट्रमन्त्री साउद



काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।

‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उनले भने ।

आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्