गरी खाने शिक्षा प्राबिधिक



ग्रेडिङ्ग प्रणालीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भैसकेको छ ।  बिभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थी र उनीहरुको अभिभावकमा कहाँ पढ्ने ,कुन विषय पढ्ने ,पढाई पछिको बृत्ति बिकास लगायत विषयले कौतुहलता छाएको छ । उनीहरुको मनमा कुन विषय पढे राम्रो जागिर पाईन्छ भन्ने सोच जाग्न थालेको छ ।
एसईईपछिको अध्ययन भविष्यतर्फको पहिलो महत्वपूर्ण खुड्किलो हो । एक किसिमले भन्ने हो भने दशौ बर्षदेखि मेहनत गरेर एसईई तह पार गरेको एउटा बिद्यार्थीका लागि यो समय जीवनपर्यन्त प्रभाव पार्ने निर्णय गर्ने क्षण हो ।
एसईईपार गरे पछिको उच्चशिक्षा अध्ययन दुई धारमा छुट्टिन्छ– साधारण र प्राविधिक  पछिल्लो समय देशमा व्याप्त बेरोजगारीकोअवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो छ । अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाई सकाए लगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ  । देशमै उद्यमी र आत्मनिर्भर बन्नका लागि प्रबिधिक शिक्षालाई महत्वकासाथ हेरिएको छ ।
एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाबाट प्राविधिक शिक्षा लिन सक्छन् । सीटीईभीटीले आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा कक्षा ९ देखि नै कक्षा १२ सम्म प्राविधिक शिक्षा (सामुदायीक विद्यालयमा प्राबिधिक शिक्षा)  (टेक्स) र  निजि गरी ४ वटा स्वरुपमा संस्था संचालन गर्ने स्वीकृत दिएर प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।
नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको छ । विज्ञहरु भन्छन्, देशको अहिलेको समग्र शिक्षा प्रणाली नै यस कुराको मुख्य कारक होे ।
प्राबिधिक शिक्षामा बढ्दो आकर्षण
प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा भनिन्छ । पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्तामा आकर्षण बढ्दै गएको देखाएको छ । सीटीईभीटीको तथ्यांक अनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगार दर ७० प्रतिशतभन्दा बढी छ ।  तीनबर्ष डिप्लोमा उतिर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) को लागि योग्य मानिन्छन् । तीन बर्षे डिप्लोमा ÷प्रमाणपत्र तहका विविध कोर्षहरुलाई त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाण पत्र तहको सरह मान्यता प्रदान गरेको छ । डिप्लोमा कोर्षहरु पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सकिन्छ ।
विद्यालय र विश्वविद्यालय मार्फत उच्चशिक्षा अध्ययन गर्नेहरुका लागि तहगत व्यवस्था भए जस्तै परिषद् अन्तर्गतका शिक्षालय तथा वहुप्राविधिक शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पनि उच्च शिक्षा सम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको परिषद्का सुचना तथा अनुसन्धान महाशाखा प्रमुख बिनोद बडालले बताउनुभयो ।
वैदेशिक रोजगारका लागि  बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम प्राप्त व्यक्तिहरुले साधरण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलव, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवन यापन गर्न सहयोग पुग्छ ,उहाँले भन्नुभयो ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््ले एसईई उत्र्तीणलाई ३ वर्षे डिप्लोमा÷प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसी(टिएसएलसी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सीपयुक्त जनता ,समृद्ध नेपाल को दुरदृष्टि बोकेको सीटीईभीटीले सुचना प्रबिधि र हाईड्रो पावरमा सीभील ईन्जिनियरीङको पढाई सुरु गरिसकेको छ भने पत्रकारिता र आम संचारमा समेत पढाईका लागि पाठ्यक्रम तयारी गरेर संचालनको शीघ्र तयारी गरिरहेको महाशाखा प्रमुख बडालले बताउनुभयो ।
एसईई पछिको प्राविधिक शिक्षा पढ्नका लागि आंगिक संस्थामा मापदण्ड पुरा गरेकालाई निःशुल्क  तथा औसतमा न्युनतम ५० हजारदेखि  ४ लाख ७५ हजार रुपियासम्म  पढाई शुल्क लाग्ने गर्दछ ।
सीटीईभीटीले आफ्ना कार्यक्रमहरुलाई विस्तार गरी दुर्गमका सीमांन्तकृत बर्गहरुसम्म प्राबिधिक शिक्षाको पहुँच पु¥याउने नीति लिएको परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का कार्यक्रम लगायत समग्र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम कार्यक्रममा पहुँच वृद्धिका लागि प्राविधिक शिक्षाका कार्यक्रम संचालन गर्दै आएको छ ।
संचालित कार्यक्रम र पाठ्यक्रम
प्राविधिक एसएलसी र डिप्लोमारप्रमाण पत्र तहका साथै छोटो अवधिका सीपमूलक तालीमहरु संचालन गर्दै आएको छ ।
प्राविधिक एसएससी तर्फ उर्तीणलाई १८ महिने र
डिप्लोमा÷प्रमाणपत्र तह तर्फ उर्तीणलाई ३ वर्षे कार्यक्रममा प्रशिक्षण।
सीटीईभीटी अन्तर्गत अध्ययन अध्यापन हुने बिषय र स्वीकृत पाठ्यक्रम विवरण
डिप्लोमा÷प्रमाणपत्र तह तर्फ देहायका  पाठ्यक्रम स्वीकृत भै कार्यक्रमहरू सञ्चालनमा भएका छन्
कृषि (३ वटा)
डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान)
डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान)
डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी
(ख) बन विज्ञान (१ वटा)
डिप्लोमा इन फरेष्ट्रि
(ग) इञ्जिनियरिङ्ग (१४ वटा)
 डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग
डिप्लोमा इन सर्र्वे इञ्जिनियरिङ्ग
डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ्ग
डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ्ग
डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्ग
डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ्ग
डिप्लोमा इन इन्फरमेसन इञ्जिनियरिङ्ग
डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ्ग
डिप्लोमा इन अटोमेकानिकल इञ्जिनियरिङ्ग
डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्ग
डिप्लोमा इन वायोमेडिकल इक्विपमेण्ट इञ्जिनियरिङ्ग .
डिप्लोमा इन जियोमेक्ट्रिक इञ्जिनियरिङ्ग .
डिप्लोमा इन रिफ्रिजेनेटर एण्ड एयरकन्डिसन इञ्जिनियरिङ्ग
डिप्लोमा ईन हाईड्रोपावर इञ्जिनियरिङ्ग .
(घ) स्वास्थ्यतर्फ (११ वटा कार्यक्रम)
प्माणपत्र तह सामान्य चिकित्सा
प्रमाणपत्र तह नर्सिङ्ग
प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी
प्रमाणपत्र तह रेडियोग्राफी (२० वटा कार्यक्रम)
प्रमाणपत्र तह डेण्टल साइन्स
प्रमाणपत्र तह आयुर्वेदिक साइन्स
डिप्लोमा इन फार्मेसी
डिप्लोमा इन अप्थाल्मिक साइन्स (९वटा )
डिप्लोमा इन होमियोप्याथी (१ वटा कार्यक्रम )
प्रमाणपत्र तह अक्युपन्चर,अकुप्रसर,एण्ड मोक्सिबुसन
प्रमाणपत्र तह फिजियोथेरापी
प्रमाणपत्र तह डाईग्नोष्टिक रेडियोग्राफी
डिप्लोमा इन योग एण्ड नेचुरोप्याथी
(ङ) हस्पिटालिटी तथा अन्य
डिप्लोमा इन होटल म्यानेजमेण्ट
डिप्लोमा इन सोसियल वर्क
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले डिप्लोमा÷प्रविणता प्रमाणपत्र तह र टि एसएलसी तहको व्यवस्था गरेको छ । यसरी संचालित विषयमा स्वास्थ्य विज्ञान, इन्जिनियरिङ्ग, कृषि  र अन्य विषयहरु पर्दछन् ।  यो तीन बर्ष अवधि अध्ययन गर्नु पर्ने हुन्छ । परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, ईन्जिनियरीङ कृषि र अन्य विषयमा संचालन गर्ने गरेको छ ।कम खर्चिलो भएकाले यो तह निम्न स्तरका विद्यार्थीले बढी अध्ययन गर्ने गर्छन् ।  परिषदले सञ्चालन गरेको अधिकांस विषयले काम पछिको रोजगारीको महत्व बोकेको छ ।
उच्च शिक्षा : बिभिन्न बिश्वबिद्यालयको स्नातक तहमा सम्बन्धित बिधाका बिद्यार्थीले भर्ना हुन प्रतिस्पर्धा गर्न सकिने ब्यबस्था रहेको छ ।
प्राबिधिक एसएलसी १८ महिने
परिषद्का आंगिक प्राबिधिक शिक्षा र सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा अन्तर्गत संचालित १५ महिने र २९ महिने प्रा.एसएलसी र सम्बन्धन प्राप्त निजी शिक्षालय÷कलेजहरुले १५ महिने प्रा.एसएलसी कोर्षहरु संचालन गर्ने गरेकोमा पछिल्ला बर्षमा सबै शैक्षिक कार्यक्रमलाई १८ महिने कार्यक्रमको रुपमा परिमार्जन गरि संचालन गरिएको छ ।एसईई परिक्षामा जुनसुकै ग्रेड प्राप्त गरेका बिद्यार्थीले पनि यस कार्यक्रममा भर्ना भई अध्ययन गर्न पाउने भएका छन् ।
भर्नाका मापदण्ड
टिएसएलसीका सम्पूर्ण कार्यक्रमको लागि : एसएलसी वा एसईई मा जुनसुकै ग्रेड प्राप्त गरेको ।प्रबिणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पुर्ण  कार्यक्रमको लागि ः एसएलसी वा एसईई परीक्षाको अंग्रेजी,गणित,र बिज्ञान बिषयमा न्युनतम सि ग्रेड र जिपीए २ अंक प्राप्त गरेको ।डिप्लोमा ईन्जिनियरीङ्ग तर्फका सम्पुर्ण कार्यक्रमको लागि ः बिज्ञान र गणितमा न्युनतम सी ग्रेड र अंग्रेजीमा न्युनतम डी + ग्रेड प्राप्त गरेको ।
डिप्लोमा तहका कृषि फुड एण्ड डेरी टेक्नोलोजि र फरेष्ट्री कार्यक्रमको लागि : अंग्रेजी गणित र बिज्ञान मध्य कुनै २ वटा बिषयमा न्युनतम सी ग्रेड र कुनै एकमा न्युनतम डी + ग्रेड प्राप्त गरेको । डिप्लोमा ईन होटल म्यानेजमेन्ट ,ईन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसिएल वर्कका लागि अंग्रेजी बिज्ञान र गणितमा न्युनतम डि +ग्रेड प्राप्त गरेको । डिप्लोमा ईन बायोमेडिकल ईक्युपमेन्ट ईन्जिनियरीङ्ग-१८ महिने कार्यक्रमको लागि)ः बिज्ञान बिषय लिई १० +२ उतीर्ण गरेको ।
प्राबिधिक धारबाट ईन्जिनियरीङ्ग (सिभिल ,ईलेक्ट्रिकल र कम्प्युटर ) मा एसएलसी वा एसईई उतीर्ण गर्न ःसम्बन्धित बिषय वा कार्यक्रममै भर्ना हुन चाहेमा जीपीए १ दशमलब ६ ल्याएको हुनुपर्ने ।ईन्जिनियरीङ्ग (सिभिल ,ईलेक्ट्रिकल र कम्प्युटर ) भन्दा फरक बिषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पुरा हुनुपर्ने ।
प्राबिधिक धारबाट कृषि (प्लान्ट साईन्स वा एनिमल साईन्स ) मा एसएलसी वा एसईई उतीर्ण गर्न ः सम्बन्धित बिषय वा कार्यक्रममा कृषि (प्लान्ट साईन्स वा एनिमल साईन्स ) मै भर्ना हुन चाहेमा जीपीए १ दशमलब  ६ ल्याएको हुनुपर्ने । कृषि बाहेकका अन्य फरक बिषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पुरा गरेको हुनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्