यो सरकारले ढाँट्ने र छक्याउने काममात्रै गर्छ : केपी ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बागमती प्रदेश कमिटीको सातौं बैठकमा ओलीले सरकार गठन भएको सात महिनामा ढांट्नु र छल्नबाहेक अरू काम नगरेको आरोप लगाए।

उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते  ल्याएर एमालेले पास गर्न दिएन भन्ने बनाएको बताए।

बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गरिएको र यतिन्जेल के हेरेर बसे भन्दै ओलीले प्रश्न गरेका छन्। ‘अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक राष्ट्रियसभामा असार ५ गते पेश गर्छन्, बैशाख २४ गते गर्नुपर्ने असार ५ सम्म के हेरेर बसेका होलान्?,’ उनले भने।

ओलीले सरकार उदासिन, लापरवाह र सामन्तको पक्षमा भएकाले  नियोजित रूपमा  अन्तिम दिन विधेयक पारितका लागि संसदमा ल्याइएको आरोप लगाए। संसदमा बोल्न दिएन भनेर प्रधानन्त्रीले झुट प्रचार गरेको ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्