हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइँदै



काठमाडौँ।

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरेर काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव हेलिकप्टरमा राखिएको छ । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टरसम्म ल्याउन लगिएको बताइएको छ। घटनास्थलमा स्थानीय र प्रहरी खटिएका छन्।

खराब मौसमका कारण दुर्घटनास्थलमा उद्धारका लागि गएका दुईवटा हेलिकप्टर पुग्न नसकेको बताइएको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई हेलिकप्टर अवतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्