अहिले सरकारमा जाँदैनौँ, २०८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौँ : केपी ओली



काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् ।

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए ।

अहिले सरकारमा नजाने भन्दै उनले २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताए ।

‘अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्नु छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्