मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु, एक जना बेपत्ता



काठमाडौँ।

मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

उद्धारको काम जारी रहेको र अहिलेसम्म ५ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको पहिचान हुन भने बाँकी छ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्