देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा



काठमाडौं ।

एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्