सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै


अत्तरिया ।
सुदूरपश्चिम प्रदेशसभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।
यही असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पेस गर्नुभएको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेशसभा सदस्य प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरी अघि बढ्न लागेको सभामुख भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज प्रदेशसभा बैठक बस्छ, अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ, यकीन समय भन्न सकिँदैन, कार्य परामर्श समितिले बजेटमाथिको छलफललाई नै प्रमुख एजेण्डा बनाउनसक्ने देखिएको छ ।”

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।