तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाहीसहित सात जनाविरुद्ध मुद्दा



काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सात जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

सोही गाउ“पालिकाको वडा नं २ स्थित देवकोटाबाडामा खानेपानी ट्याङ्की बनाउने क्रममा काम नसकि“दै सकिएको भनी राज्यकोषको लाखौं रकम हिनामिना गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिका कर्मचारी, प्राविधिक, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सो मुद्दामा गाउ“पालिकाको इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सव इन्जिनियर) गोवर्धन बोहोरा, लेखापाल नविन रेग्मी, तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) लाई विपक्षी बनाइएको छ ।

उनीहरूले आपसी मिलेमतोमा खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी नभए-नगरेको कामलाई भए गरेको भनी नापी किताब तयार गरेका थिए । त्यसै गरी कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गर्ने, फिल्डमा नभए नगरेको काम समेतको आधारमा ६ लाख ४८ हजार ७ सय ८६ रुपियाँ भुक्तानी दिइएको जानकारी दिँदै अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले भन्नुभयो– ‘सो कार्य भनेको राज्यकोषलाई हानीनोक्सानी पु¥याउनु हो ।

यो भनेको भ्रष्टाचार निवारण ऐनले परिभाषित गरेको कसूर हो ।’ आयोगले आरोपित सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र विगोबमोजिम जरीवाना गरी बिगो असुल उपर हुन मागदाबी लिएको छ । राज्यकोषको हिनामिना गरेको रकम बराबर बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्