सामाजिक सञ्जालमा हैन काम र योजनाको कारण जनताको भविष्य अनुरूप अगाडी बढ्नु आजको आवश्यकता



केही गुनासो समस्या भएको खण्डमा महानगरपालिकाका समस्याहरू र समस्याका समाधानका  निम्ति बिहान ११ बजे देखि १२ बजेको समयमा सिधै र सधैँ मेयर धनराज आचार्य आफै जनताको निम्ति तत्पर रहेको जानकारी दिँदै आउनु भएको छ। कतै र कहीँ नभेटे ठ्याक्कै बिहानको ठिक ११ बजेको समयमा नगर बासीको आफ्नो गुनासो मेयरसँग  आँखा जुधाएर र हात मिलाएर गर्ने हो।

पोखरेलीबासीहरूको  समस्याहरू समाधानको लागि पोखरा  महानगरपालिकाको हेलो मेयर कार्यक्रम  हाजिर हुन्छन्।दिनहुँ जाहाँ रहँदा पनि समय मिलाएर हेलो मेयर कार्यक्रम आउनुहोस् भन्दै महानगरपालिका विकासमा केन्द्रित हुन   आव्हान गर्नु हुन्छ।

मेयरलाई असहयोग हुनु मेयरको निम्ति मात्र हुँदैन कि समग्र पोखरेली बासीलाई विकास प्रेमी  नेपाली जनतालाई समेत  चोट पुग्छ।

कैयौँ प्रयास मार्फत र चुनौती अनि धम्कीकाबिच चिनियाँ जहाज ल्याउने सानो कार्य हैन तर केही समय  अध्ययनरत मेयरलाई कम्जोर बनाउँदा हामी र हाम्रो पोखरा महानगरपालिका  कमजोर हुने हुँदा सके सहयोगको भावना राख न सके शुभकामना र प्रतीक्षा भावना राख भलै कुनै कमजोरी गलत हुन सक्छ जान या अनजान यसको निम्ति सम्पूर्ण पोखरेलीबासीलाईू हेलो मेयर कार्यक्रम आई आफ्नो अमूल्य सुझावको साथ सहयोग गर्नुहोस्।

पोखरा महानगरपालिकाबाट लेखनाथ नगरपालिका छुटाउने अभियान चालिरहेको हुँदा के हामीलाई थाहा छ,यो उदाहरणीय र उल्लेखनीय आन्दोलन होला तरु केही व्यक्तिहरूलाई राजनीतिक स्वार्थ त पुरा होला तर यो समयमा आजको दिन सम्म प्रदेश नम्बर एक भन्नै या कोसी प्रदेश यहाँबाट उत्पन्न समस्याले सिंगो सदन र सिंगो प्रदेश विकास तर्फबाट पछाडि पर्दै छ।

मलाई त लाग्छ यसको नामकरण त नेपाली उच्चसिर सगरमाथा भयका कारणले विश्व माझ परिचित नाम सगरमाथा राख्दा राम्रो होला यो मेरो व्यक्तिगत धारण हो।यस समयमा हामी पोखरा महानगरपालिकाबाट लेखनाथ छुटाउने भन्नु नै समय सान्दर्भिक छैन किन कि विकासका योजनाहरू अलपत्र हुने नै छन्।

त्यो लामेआह्को बस पार्क सपना सपनामा सीमित नहोस् अनि सात तालको भविष्य र सम्भावना कार्य योजनाहरू विलय हुन सक्छन् ।त्यहाँ रहेको महानगरपालिकाको अस्पताल र अस्पतालको अवस्थाले  मुहार फेर्न योजनाहरू वर्षै पछाडि पर्ने नै छन् ।

यो समय हैन आउँदो चुनाव अगाडि त्यहाँका पूर्व सभामुख महोदय,पूर्व गृहमन्त्री,पूर्व कानुन मन्त्री,पूर्व  मेयर साप अनि वर्तमान मेयर धन राज आचार्य र वडाका वडा अध्यक्षहरू र लेखनाथ बासी  विकास तथा न्याय प्रेमीबीच छलफल गरी  योजनाबद्ध हिसाबले अगाडि बढ्नु आवश्यकता रहेको देखियो।

आजको दिन सम्म पोखरा महानगरपालिका निवर्तमान  मेयर मानबहादुर जिसी  र वर्तमान मेयर धनराज आचार्य पूर्व  लेखनाथ महानगरपालिका कै हुन। विधि ,प्रक्रिया  र ऐनहरू छन् त्यस कार्यहरूको नियम बुझ्न र बुझाउन जरुरी छ महासयहरू यो यहाँ मात्र हैन महानगरपालिकाको परिवर्तनको निम्ति सिंगो सङ्घीय  सदन  निर्णय आवश्यकता पर्छ।  यसो भनी रहँदा पोखरा पूर्व नगरपालिका बासीहरू विकासको साथ सुशासन प्रतीक्षामा छन्।

अब आउने दिनहरूमा पोखराको कोत्रे देखी पृथ्वी चोक सम्मको यात्रा समय अवधि जम्मा १५ मिनेटको हुनेछ।अनि ताल चोक देखी बेगनासको यात्रा  अवधि ५ मिनेटको हुनेछ यस्ता उदाहरणीय कार्यहरूका साथै बग्दैन गर्ने   नदी नाला र ताल  फेवा,बेगनास ,रूपा, सेती,दिपाङ्ग ,मैदी ,खास्टे ,गुद्धे,न्यरेनी आदी  नहरबाट ९ जापानी टेक्नोलोजी टरबाईन० निस्शुल्क

बिजुली उत्पादन गरी आफ्नो सम्भावना  स्रोत उचित भोग चलन गर्ने योजनाहरूका   साथै रात्रि कालिन ब्याबसायहरूलाई  समेत बिस्तार गर्ने प्रतिबद्धता जनाउँदै। उत्पादन र उर्जाशिल भूमिको निम्ति विशेष सुविधा र सेवा दिने धनराज आचार्यको योजना जसले आत्मा निर्भर हुनका लागी  खेती योग्य जग्गा र कृषकको  उच्च  कदर गर्ने  योजना रहेको छ। केही समय पश्चात् ताल र नदिका नहरहरूमा फोहोर र ढलहरू बग्नेछैनन्।

प्राकृतिक बन ,जङ्गल, ताल ,मुहान ,पहाड, वनस्पति तथा ओखती  बोट  आदीको संरक्षण र सम्भावना अनुसार रोजगारीको व्यवस्था हुनेछ।केही समय मेयरलाई विरोध नगरी विश्वास गरेर बस्ने हो की। मेयर धनराज आचार्यको  कार्यकालमा  विदेशी दात्री निकायबाट करोड बराबरको रकम अनुदान सहित विभिन्न उत्पादनशील  प्रोजेक्टको लागी आउने सुनिश्चित भएको छ।

पोखरा महानगरपालिकाले विगतमा गरेको कार्य मास्ट लाईटू अब काठमाडौं महानगरपालिकामा यो योजना वल्ल आउँदै छ। प्रचार भन्दा प्रसारणमा जानु राम्रो भन्दै मेयर धन राजको यो अभिव्यक्ति साथै राम्रो कार्यहरू अनुसरण गर्दा बालेन, हर्क  ,हमालको हैन यो हाम्रो पोखरा महानगरपालिका बुझ्नु जरुरी रहेको भन्दै अग्रसर हुनु तारिफयोग्य रहेको छ। राम्रो कार्यहरू गर्न समय कुर्न पर्दैन मेयर साप।

कुनै कमीकमजोरी रहेमा आफैले  सुधारेर समेत अगाडि बढ्नु नै पर्छ   सामाजिक सञ्जालमा हैन काम र योजनाको कारण जनताको भविष्य  भावना अनुरूप अगाडी बढ्नु आजको आवश्यकता छ मेयर साप । यो लेखी रहँदा मलाई  प्रश्न गर्नेहरू पक्कै हुने नै छन्।

राम्रो योजना र सुझाव लिएर जानुहोस्  पोखरा महानगरपालिका मेयर सापका साथ  सहकार्य  अवश्य हुने छैन। आफ्नै घर पोखरा महानगरपालिका  नबनाई मेयर धन राज आचार्य  पक्कै  कुनै स्वार्थ केन्द्रित हुनु हुँदैन।

सके सहयोग गर्न हो नसके असहयोग नगर्न धारण साथ शुभकामना मेयर धनराज आचार्य  फेवा तालको पूर्ण पाठ अनुसार अगाडि बढ्नु पर्छ तर फेरि मापदण्ड अन्तर्गतका केही संरचना कानुनी दायरामा ल्याई केही समय पश्चात् महानगरपालिका अधीनमा ल्याउने र कर को दायरामा ल्याउँदा मेयरको यो जस्तै उदाहरणीय कार्य कुनै हुनेछैन।

तारिफ सुन्दै जानेछन्  यहाँ  आउने पर्यटकहरूका पक्कै किन की सरल, शान्त, सुन्दरता र सम्भावनाको खानी बन्ने छ यो हाम्रो पोखरा महानगरपालिका र कास्की जिल्ला  ।

कानुन भन्दा माथि कोही हुँदैन मेयर साप कानुनको अनुसरण नै सफलताको प्रतीक हो। आवश्यकता अनुसार र फैसला कार्यान्वयनमा अगाडि बढ्दा सबैको हित र साथ रहनेछ। अबको केही समय पश्चात् हाम्रा उमेर युवाहरू महानगर पालिकाको प्रमुख हैसियतले आउने वातावरण सृजना गर्नुहोस् मेयर साप।

प्रतिक्रिया दिनुहोस्