नेकपा एमाले भविष्यको योजना कार्यन्वयन गर्न सक्ने पार्टी हो : उपाध्यक्ष पोखरेल



धादिङ ।

नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविष्य योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताएका छन् ।

नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन गर्दै एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि आग्रह गरेका छन् ।

आर्थिक सम्वृद्धि, राष्ट्रियता, सामाजिक एकता र देश बनाउने जागरणको एजेण्डा एमालेको भएकोले व्यवहारमा कार्यन्वयन गर्नका लागि पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । सबै जाती धर्म समूदायको विविधतामा एकता एमाले उजेण्डा भएपनि एमालेलाई सिध्याउनका लागि पहिचान बादीको नाममा एमाले विरुद्ध मानिसहरुलाई उचालिएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

नेकपा एमाले तिन तरेलीको नेतृत्व विकास गर्नका लागि ४० वर्ष माथि, ३० देखि ४० वर्ष र ३० वर्ष मुनिको नेतृत्व विकासका लागि रणनितिक रुपमा एमालेले संगठन विकास थालेको बताउनुभयो । नेकपा एमाले धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पार्टी सुदृढिकरण अभियान सँगै सशक्क्त बनाउन एकजुट भएर लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न जिल्ला प्रतिनिधि परिषदले आगामी कात्तिक सम्मा जिल्ला अधिवेशन, चैत सम्मा पालिका अधिवेशा र त्यसपछि वडा टोल अधिवेशन गर्ने निर्णय गरेको छ । ४ सय ५० जिल्ला प्रतिनिधि परिषद सदस्यी सहभागि बैठकले युवाहरुलाई पार्टीमा ल्याएर ४० प्रतिशत युवाको सहभागिता गराउने, राजनितिक प्रशिक्षण दिने, र बामपन्थी बहश संचालनका लागि पुस्तकालय संचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रतिनिधि परिषदले पार्टीको इतिहास लेख्नका लागि जिल्लाका पार्टी जिल्ला संस्थापक जगन्नाथ नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समसामयिक ९ बुँदे प्रस्ताव पारित गर्दै जिल्ला प्रतिनिधि परिषद सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्