संसद् बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । आज (सोमबार) बिहान ११ बजे उक्त सभाको बैठक आह्वान गरिएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको दोस्रो (बजेट) अधिवेशनअन्तर्गत ३५औँ बैठक बस्न लागेको संघीय सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन अधिवेशन २०८०/८१ अन्तर्गत सम्बन्धित मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

जसअन्तर्गत रक्षा मन्त्रालय, संघीय मामीला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्