करिब दुई किलो सुनसहित कार र चालक प्रहरीको  नियन्त्रणमा 

0
Shares

रुपन्देही।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई शनिबार राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

 नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कारका चालक दाङ जिल्लाको घोराही नगरपालिका १० बस्ने ३१ वर्षीय हुमानन्द गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको हो ।

 विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले कारलाई जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको दुई वटा इट्टा आकारको सुन फेला परेको हो ।

 रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।

  नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ।