धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता


काठमाडौं ।

काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको छ ।

आइतबार  विहान सुदूरपश्चिको धनगढी उडेको उक्त एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७:५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।