निजगढ विमानस्थलको उपादेयतामाथि प्रश्न



काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन हुन पाएको छैन । खर्बौं खर्च गरेर बनाइएका पोखरा र लुम्बिनीका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा कुकुर, बिरालाहरू कबड्डी खेल्छन् ।

तर निजगढको जंगलमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने रे ! देश आर्थिक संकटतिर उन्मुख छ भन्छन्, निजगढको काठ बेचेरै आर्थिक संकट टार्ने हुन् कि ? वातावरणीय एवम् प्राकृतिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको जंगल मासेर विशाल अत्याधुनिक एयरपोर्ट र स्मार्ट सिटी त बनाउने तर त्यसबाट हुने चुरे विनाश, भूक्षय तथा आधारभूत कृषि उत्पादनमा हुने ह्रासको असरबाट कसरी पार लाग्ने ?

उक्त थप एयरपोर्टको उपयोगको सम्भाव्यता कति छ ? त्यसले कहिलेसम्म ऋण तिर्ला र कहिले नाफा देला ? २५ वर्षदेखि ‘भिजिट नेपाल, भिजिट नेपाल’ चिच्याएर पनि १० लाख पर्यटक त पु¥याउन सक्या छैन, वैदेशिक रोजगारी र विदेश अध्ययनमा जाने क्रम घट्यो भने (जसको लागि पुरानादेखि नयाँ पार्टीहरूसम्मले पनि घाँटी फुट्ने गरी चिच्याइरहेका छन्) काठमाडौंको एयरपोर्टमै यात्रु र जहाजको चाप आधी पनि रहन्न ।

त्यस्तो अवस्थामा निजगढ एयरपोर्ट कहिले आत्मनिर्भर होला ? ‘ऋणं कृत्वा घृतं पिवेत्’ नीति आत्मघाती हुन्छ । अहिलेको समय उत्पादनशील क्षेत्रमा लगानी गर्ने समय हो, थोरै लगानीमा छोटो समयमा अधिक प्रतिफल दिने योजनामा ध्यान केन्द्रित गरी उपलब्ध स्रोत–साधनको उपयोग गर्ने समय हो । देखिने समृद्धिको लागि ठूला महत्वाकांक्षी परियोजनाहरू पनि बनाउने तर आधारभूत रुपमा आर्थिक आत्मनिर्भरताको अवस्थामा आएपछि बनाउने हो । थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला अहिले भएको छैन, आवश्यक भएपछि बनाउने हो ।
– सी.एन. खड्गा

[email protected]

प्रतिक्रिया दिनुहोस्