मकवानपुरमा श्रीमान् श्रीमतीले गरे आत्महत्या


मकवानपुर ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।