रेशमलालको पार्टीका कारण पूर्व राजा शाह धनगढी नआउने



धनगढी  । 

पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।

उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे आज एक पत्रकार सम्मेलनमार्फट नै जानकारी गराइएको छ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो। आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्