भुटानी शरणार्थी नेता रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्