एमाले केन्द्रीय समितिको बैठक आजदेखि शुरू


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय समिति बैठक आजबाट शुरू हुँदैछ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचन पश्चात् पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रासरुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।