संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै


काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज (सोमबार) प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ । बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।