अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागेको स्पष्ट पारे ।

यस वर्ष विद्यालयको पठनपाठन शुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताए ।

विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यसपटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । -रासस

प्रतिक्रिया दिनुहोस्