वर्षे अधिवेशनको आह्वान कहिले ?



काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको हिउँदे अधिवेशन अन्त्य भएको छ । हिजो (शुक्रबार) राति १२ बजे उक्त अधिवेशन अन्त्य भएको हो ।

अधिवेशन अन्त्यसम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ ।

केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान गरिने प्रवक्ता गिरीले बताए । यद्यपि उक्त अधिवेशनका लागि मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्