रातो मच्छिन्द्रनाथको रथयात्रा रोकियो, रथयात्रा लम्बिने संकेत



ललितपुर।

बुंगद्यो, अर्थात रातो मच्छिन्द्रनाथको रथयात्रा आज बुधबार नहुने भएको छ।

रथको प्राविधिक रुपमा मर्मत गर्नुपर्ने भएकोले रथयात्रा रोकिएको गुठी संस्थान ललितपुरले जनाएको छ । ३२ हात लामो रथ पुल्चोकबाट तानेर गाबहालमा पु¥याइएको भोलिपल्ट सामान्यतयाः रथ तानेर मंड्डलबजारसम्म पु¥याउने गरिन्छ।रथ मंड्डलबार गाबहाल पु¥याइएको थियो।

रथयात्राको पहिलो दिन गत सोमबार पुल्चोकबाट तानेर ल्याउने क्रममा रथ पटक पटक देब्रेतिर ढल्किएकोले बीच बाटो नबहालमै रथयात्रा स्थगित गरिएको थियो। राति साँघुरो सडकमा तान्ने क्रममा धनजनको क्षति नहोस् भनेर रोकिएको थियो।

अघिपछि रथ पुल्चोकबाट तानेर एकदिनमै गाबहाल पु¥याउँदै आएकोमा यसपटक दुई दिन लागेको थियो। ‘रथ मर्मत गर्नुपर्ने भएकोले रथयात्रा रोकिएको हो ।’ कार्यालयका प्रमुख लछुनाशर्मा काफ्लेले भन्नुभयो रथ हुनेसम्म मर्मत गरेर विहीबार सुन्धारातर्फ तान्ने योजना रहेको छ ।’ रथ बनाउने यँग्वालहरुले रथलाई वेतबाँस र डोरीले हुनेसम्म कसिलो बनाउने छ ।

रथ बनाउन क्रममा काठहरु भाँच्चिएपछि रातारात गोदावरीको जंड्डलबाट नयाँ काठ ल्याइएर रथ तयार गरिएको थियो। एउटा किल्ला समेत नठोकीकन केवल काठ, बेतबाँस र डोरीले बाँधेर बनाउने रथ बनाउने गरिन्छ । रथमा काठको काम बाराहीहरुले गर्ने गर्दछ भने वेटबाँस बाध्ने काम यँग्वालहरुले गर्ने गर्दछ ।

यस वर्ष रथ ६८ लाख रुपैयाँ खर्चिएर बनाइएको थियो।कम्तीमा डेढदेखि दुई महिना र बढीमा पा“च महिनासम्म रथयात्रा हुने भएकोले रातो मच्छिन्द्रलाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्