एमाले केन्द्रीय समितिको बैठक झापामा



काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

बैठक वैशाख अन्तिम साता बस्ने एमाले झापाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार वैशाख २८ देखि ३० गतेसम्म उक्त समितिको बैठक बस्ने भएको हो ।

गत मंसिरमा देशभर एकैपटक सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्