प्रतिनिधि सभाको बैठक बस्दै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे उक्त सभाको बैठक बस्ने भएको हो ।

आजको बैठकबाट संसदीय समितिको काम कारबाही शुरु हुनेछ । जसअनुसार संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भएअनुसार संबैधानिक परिषद्सम्बन्धी विधेयक आजै पारित गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संसोधन विधेयक २०७९ माथिको दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरि आजै पारित गरिने गरि कार्यसूची तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्