अध्यक्ष नेपाललाई घनश्यामले बिर्सिएपछि….



काठमाडौँ।

हरेक औपचारिक कार्यक्रममा सुरुमै सभाअध्यक्षको आसन ग्रहरण गराइन्छ । तर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आयोजना गरेको औपचारिक कार्यक्रममा कार्यक्रम सञ्चालकमले अध्यक्षलाई कार्यक्रमको अध्यता ग्रहण गराउनै विर्सीए ।

कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसरमा आयोजि उक्त औपचारिक कार्यक्रममा सञ्चालकको भुमिका देखेर सहभागि नेता कार्यकर्ताहरु केहीबेल अचम्मीत भए । आइतबार राष्ट्रिय सभा गृहमा आयोजिक नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना विषयक सवचार गोष्ठीमा सञ्चालकको जिम्मेवारी लिएका पार्टी महासचिव घनश्यम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई अध्यक्षता ग्रहरण गराउनै विर्सनुभएको हो ।

उहाँले कार्यक्रमको सुरुमै प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आसनग्रहण गराउनुभयो ।  त्यसपछि  अतिथिहरु न्ेकपा एसका झलनाथ खनाल, नेकपा संयुक्तका चन्ददेव जोशी, कार्यक्रममा  अनुपस्थित नेत्रविक्रम चन्द(विप्लव) समेतलाई आसन ग्रहण गराउनुभयो ।  त्यसबिचमा माधव नेपाल यता उता अलमल गर्दै केही भनौ भनौ गर्दै हुनुहुन्थ्यो । आसनग्रहण लगत्तै हलमा बसेका सबै सहभागिलाई उठ्न आग्रह गर्दै कम्युनिष्ट गित बजाईयो । त्यति भइसक्दा माधव नेपालले अझै असहजताको खटपटि देखाउँदै हुनुहुन्थ्यो ।

कार्यक्रम सञ्चालक भुसालले अझै भेउ पाउनुभएन र कार्यक्रमको अर्को चरण मौनधारणको चरणमा प्रवेश गर्नुभएपछि पार्टी उपमहासचि गंगालाल तुलाधरले भुसाललाई सम्झाउन खोजेपनि भुसालले कुरै बुझनुभएन । मौन धारणको आग्रह पालना गर्दै सबैउठिसकेका थिए । अध्यक्ष नेपालले त्यहीबीचमा उपमहासचिव तुलाधरलाई बोलाएर अध्यक्षता विनाको कार्यक्रम हुन्छ ? भनेर सम्झाउन लगाएपछि धनश्यामले बल्ल चाल पाउनुभयो कि कार्यक्रमको अध्यक्षता गराउन बिर्सीएको । मौनधारणा गर्दै गर्दा उपमहासचिवले सम्झाएपछि  बल्ल कार्यक्रम सञ्चालक भुसालले केही प्राविधिक समस्या भएको भन्दै कार्यक्रमलाई अझ ओैपचारिक ढंगले अगाडि बढाउने लागिएको भनेर कुरा मिलाउदै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाललाई अध्यषता ग्रहणका लागि अनुरोध गर्नुभयो । प्रमुख अतिथि, अथितिहरु र सहभागिहरुको हासोले एकैछिन राष्ट्रियसभागृहको सभाहल गुन्जियो । त्यपछि कार्यक्रमको सूचीअनुसार अघि बढ्यो ।

प्रतिक्रिया दिनुहोस्