ओडीआईमा सन्दीपको कीर्तिमान

बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर



काठमाडौ ।

क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल बाँकी छँदै सन्दीपले तोडेर आफ्नो नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा नाम दर्ज गरेका हुन्  ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्