सिक्किम हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

0
Shares

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परि तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

मृत्यु हुने अन्यमा भारतको कोलकाता, उत्तरप्रदेश र पश्चिम बंगालका रहेका छन् । मंगलबार दिउँसो जवाहरलाल नेहरु सडकमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परेका १४ जनालाई उद्धार गरेर अस्पतालमा लगिएको थियो ।