सरकारले साझा न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गर्ने

0
Shares

काठमाडौं । सरकारले आफ्नो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएको छ । उसले बिहीबार उक्त कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको थियो ।

कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्ति बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलसहितको कार्यदलले तयार पारेको उक्त कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी छ ।

कार्यदलका एक सदस्यका अनुसार बिहीबार विहान सत्ता गठबन्धनको बैठक बसेर सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने बताए ।

यसअघि एमाले अध्यक्ष केपी ओलीको संयोजकत्वमा बनेको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।