मधेश सरकारबाट बाहिरिँदै एमाले, चार मन्त्रीले राजीनामा दिँदै

0
Shares

जनकपुरधाम ।

मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले आज (मंगलबार) सरकारबाट बाहिरिने भएको छ । एमालेका चारै जना मन्त्रीले आज केहीबेरमा राजीनामा बुझाउँदै छन् ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो। जैद आलमले राजीनामा दिने भएका हुन् ।

चारै जनाले मुख्यममन्त्री सरोजकुमार यादव समक्ष केही बेरमा राजीनामा बुझाउने गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिन लागेको उनले बताए । मधेसमा एमालेका २३ सांसद छन् ।