१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो (पूर्ण पाठसहित)


काठमाडौं ।

पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जना बढेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो ।

२०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन ४८.९८ प्रतिशत पुरुषको जनसंख्या देखिन्छ । महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । ५१.०२ प्रतिशत महिलाको जनसंख्या रहेको छ ।

२०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या भने २,६४,९४,५०४ थियो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।