इस्कटल्याण्डले दियो नेपाललाई २७५ रनको चुनौती



काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनाती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे । नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्