बुधबार नेप्से परिसूचक १३.९० अंकले घट्यो


काठमाडौं ।

बुधबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ४०० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा अपी हाईड्रोपावर शीर्ष स्थानमा रहेको छ। यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ। बुधबारको कारोबारमा निर्माण र प्रशोधन बाहेक सबै उप सुचकहरुमा आरालो लागेको छ।  आजको कारोबार युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ ८.५४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।