संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस



काठमाडौं । 

प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गर्नुभएको हो । आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ ।

आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो । सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी यसैबीच प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (१) बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्