बसुन्धारामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक बसेको हो।

पार्टी सभापति रवि लामिछानेले पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन्। साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्। यसअघि शनिबार राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो। आइतबार बिहान रविले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्