लागूऔषध सेवन गरी सवारी साधन चलाउने ३ चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ

काठमाडौँको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०२ -०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ घर भई हाल नेपालटार बस्ने ३५ वर्षीय रविन्द्र आचार्य , रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा नगरपालिका १ घर भइ हाल सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२ -०१६ प ०७ ७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका २ घर भइ हाल बौद्ध बस्ने २६ वर्षीय विवेक प्रधानलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गरेको थियो ।