विपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए


काठमाडौं ।  

राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरुले साझा उम्मेदवार उठाउने विषयमा छलफल जारी राखेका छन ।  सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा विपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन ।

सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन ।   विपक्षी गठबन्धनवाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकवाट फर्केका छन । उनी पार्टीले आयोजना गरेको  दिवसीय बैठकमा सहभागी हुन हिडेका छन ।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिईसकेको छ । जसको समर्थनका लागि बिपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो ।   यद्धपी, कांग्रेसले उम्मेदवार भने तोकेको छैन । निर्वाचन २३ माघमा हुदैँछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।