सन्दीपविरुद्धको मुद्दा : आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुँदै



काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ हुने भएको छ । आज (शुक्रबार) केहीबेरमा सुनुवाइ हुने भएको हो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पूर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ । सोही निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको छ ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको आज पेशी तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

उच्च अदालतको आदेशपछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात् आज सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्