माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं।

नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहीवार बिहान स्थगित भएको बैठक पुन: आज बस्ने भएको हो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको  बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाईएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।