मलेसियाका गृहमन्त्री नेपालमा



काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने नेपाल भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुग्नुभएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

भ्रमण सम्पन्न गरी उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । मलेसिया नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्