राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति तथा संसदीय दलको बैठक



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा अपराह्न ४ :३० बजे बस्ने छ ।

पूर्वसहमति अनुसार गृह मन्त्रालय आफूले नपाउने अवस्था बनेपछि रास्वपाले सरकारमा सहभागिताका विषयमा निर्णय गर्न बैठक बोलाएको हो ।पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए ।

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा बैठकमा छलफल हुने उनले बताए । फेसबुकमा स्टाटस लेख्दै पार्टी सभापति रवि लामिछानेले आज आफ्नो मौनताको अन्तिम दिन भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्