नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने


काठमाडौं । 

नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ ।  धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ । उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो ? त्यो भने कांग्रेसले अझै खुलाएको छैन ।

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुदैँछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।