सर्वोच्च परिसरमा बढाइयो सुरक्षा



काठमाडौँ।

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।

आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन्।

उनीहरुले छलफल सकेपछि रविको नागरिकता मुद्दामा आदेश दिने तयारी छ। यससँगै अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षाकर्मीको संख्या बढाएको छ।

आदेश आउने भएपछि सर्वसाधारणको पनि चासो सर्वोच्चतिर बढेको छ। बुधबार सुनुवाइ नसकिएपछि शुक्रबार (आज) का लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्